खेलकुद

प्रथम महिला फुटसलको उपाधि एक्स गोर्खालाई

By खबरहब

July 05, 2022

लमजुङ -लमजुङमा पहिलो पटक आयोजना गरिएको प्रथम महिला फुटसलको उपाधि एक्स गोर्खा कास्कीले जितेको छ ।

फाइनल खेलमा मिनाङ लाङ्घाली बेसीसहर नगरपालिका २ लाई ३–० गोलले हराउँदै एक्स गोर्खाले उपाधि जितेको हो । उपाधिसहित उसले ३० हजार  नगद पाएको छ ।

उपविजेता मिनाङ लाङघाली बेसीसहरले १५ हजार प्राप्त गर्‍यो ।  प्रतियोगितामा उत्कृष्ट किप्पर एक्स गोर्खाकी झरना राई, सर्वाधिक गोलकर्ता मिनाङ लाङ्घालीकी सम्झना शर्मा र उत्कृष्ट खेलाडी बाघेताकी मनिषा थापामगर घोषित भए। उनीहरूले जनही एक हजार पुरस्कार पाएको आयोजक लमजुङ फुटसलका सञ्चालक केशबहादुर रानाले बताए ।

प्रतियोगितामा लमजुङसहित काठमाडौँ, कास्की र तनहुँका गरी ८ टिमको सहभागिता रहेको थियो । ‘हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको थियो ।