खेलकुद

अर्घाखाँची खेलकुद समितिको अध्यक्षमा क्षत्री नियुक्त

By खबरहब

July 05, 2022

अर्घाखाँची – अर्घाखाँची खेलकुद विकास समितिको अध्यक्षमा नेपाली कांग्रेसका नेता विष्णु क्षत्री नियुक्त भएका छन्  ।

प्रदेश खेलकुद विकास समिति लुम्बिनीले क्षत्रीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन गरी  २० गते नियुक्ति प्रदान गरेको हो ।

प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले असार १९ गतेको निर्णयअनुसार २० गतेदेखि नै सक्रिय बन्ने गरी नयाँ समितिलाई अख्तियारी प्रदान गरेका हुन् ।

अध्यक्षको जिम्मेवारी पाएका क्षत्री नेपाली कांग्रेस अर्घाखाँचीका कोषाध्यक्ष हुन भने उपाध्यक्षमा एकीकृत समाजवादीका नेता पिताम्वर खनाल र कोषाध्यक्षमा नेकपा माओवादी केन्द्रका प्रेम आले नियुक्त भएका छन् ।

त्यस्तै,सदस्यहरूमा लक्ष्मण पाण्डे, सीता भुसाल, गणेश भुसाल, सञ्जय पाण्डे, रेमकला खत्री र कृष्ण भुसाल नियुक्त भएका हुन् ।