विराटनगर – हिमादेवी बस्नेत (भट्टराई) प्रदेश–१ सांसदमा नियुक्त भएकी छन् ।
प्रदेश सांसदको कार्यकाल चार महिना बाँकी रहँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सिफारिसमा उनी सांसदमा नियुक्त भएकी हुन् ।
एमाले सांसद गुलेफुन खातुन सरकारी कागजात र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि रिक्त रहेको पदमा समानुपातिक कोटाबाट बस्नेतलाई नियुक्त गरिएको हिक्मतबहादुर कार्कीले जानकारी दिएका छन् ।