देश/प्रदेश

भरतपुर महानगरमा भोलिदेखि रोजगार मेला

By खबरहब

July 05, 2022

चितवन – जिल्लाभित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले रोजगार मेला सञ्चालन गर्ने भएको छ ।

बुधवार देखी सुरु हुने दुई दिने मेला अवधिभरमा दुई सय जनालाई रोजगारी दिने तथा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क सङ्कलन गर्नेलगायतका कार्य गरिनेछ ।

६० वटा स्टल रहने मेलामा चितवनका सात वटा स्थानीय तहका रोजगार प्रतिनिधिहरू, जब लिङ्क तथा सेन्टर, उद्योग तथा तालिम केन्द्रको स्टल रहने छन्। मेलालाई उद्योग वाणिज्य संघ चितवन, चितवन होटेल व्यवसायी महासंघ, रत्ननगर उद्योग वाणिज्य संघ र चितवन चेम्बर अफ कमर्ससँगले सहकार्य गरेको भरतपुर महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीकाअनुसार जिल्लाभित्र हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको अवस्थामा बुधवारदेखि सुरु हुने मेला उपयोगी हुने बताए।