मनोरञ्जन

‘जेरी २’ घोषणा : अनमोलसँग सम्झौता 

By खबरहब

July 05, 2022

काठमाडौँ – अभिनेता अनमोल केसी पछिल्लो समय एकपछि अर्को फिल्मका लागि हस्ताक्षर गरिरहेका छन् । ‘छड्के २’ छायांकनको तयारीमा रहेका अनमोलले यसैसाता सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म र सरोज न्यौपानेको निर्माणमा बन्ने फिल्म ‘जेरी २’ मा अभिनय गर्ने सहमति दिएका छन् ।

सात वर्षअघि निर्माण भएको हेमराज बीसी निर्देशित फिल्मको दोस्रो श्रृंखलामा अनमोल जोडिएका हुन् । आइतबार काठमाडौँको मेरियट होटेलमा निर्माता र अनमोलबीच लिखित सहमति भएको हो । फिल्मलाई बीसीले नै निर्देशन गर्ने भएका छन् भने निर्मातामा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठ छन् ।

दुवै निर्माता र अनमोलबीच लिखित सहमति भएको हो । निर्माता न्यौपानेका अनुसार अनमोलका अन्य फिल्मसँगको छायांकन तालिका मिलाएर फ्लोरमा जाने तयारी भएको छ । फिल्मलाई नेपालसहित अमेरिका र अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ।

यसअघि फिल्मको नायिकामा आना शर्मा थिइन् । तर ‘जेरी २’ मा आनाको निरन्तरता नहुने सम्भावना छ। नायिका निश्चित नभइसकेको निर्माता न्यौपानेले बताए । फिल्मलाई २०८० सालको दसैँमा रिलिज गर्ने योजना छ।