बलिउड/हलिउड

अजयको निर्देशनमा ‘भोला’ बन्ने 

By खबरहब

July 05, 2022

काठमाडौँ- बलिउड अभिनेता अजय देवगन फिल्म ‘भोला’ को निर्देशनमा जुटेका छन् । यो उनको चौथो निर्देशकीय फिल्म हुनेछ ।

फिल्मको शीर्ष भूमिकामा समेत उनी छन् । यसमा उनलाई तब्बुले को-स्टारको रुपमा साथ दिँदै छिन् । मर्मस्पर्शी र एक्सन दृश्यले भरिपूर्ण बताइएको यो फिल्मको छायांकन अगस्ट २० मा सक्ने योजना सहित सुरु भएको हो ।

‘भोला’ तमिल ब्लकबस्टर फिल्म ‘कैथी’ को रिमेक हो । लोकेश कनगराज निर्देशित सन् २०१९ को फिल्म एक कैदीको वरपर घुम्छ । कर्थी नामक उक्त मुख्य पात्रले आफूमाथि तस्करको आक्रमण भएपछि प्रहरीलाई सघाउने कथावस्तु यसमा छ । त्यसको बदलामा प्रहरीले उसलाई छोरीसँग भेट्न सघाउँछ ।

 अजयले यसअघि फिल्म यु मी और हम, शिवाय र रनवे ३४ निर्देशन गरिसकेका छन् ।