काठमाडौँ- अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा आएको बाढीपछि करिब ५० हजार मानिसहरूलाई आफ्नो घर छाड्न आग्रह गरिएको छ ।
यस वर्ष तेस्रो पटक आएको बाढीपछि सिड्नीका बासिन्दालाई घर खाली गर्न भनिएको हो । पछिल्लो चार दिनमा सिड्नीका केही भागमा करिब ८ महिनाको वर्षा एकैपटक भएको जनाइएको छ ।
वर्षाका कारण सडक अवरुद्ध भएको र केही घरहरू पानीमा डुबेको अधिकारीले जनाएका छन् ।
यसबाहेक सो क्षेत्रका हजारौं मानिस विद्युतविहीन बनेका छन् । यो वर्ष अस्ट्रेलियामा बाढीका कारण २० जनाको मृत्यु भइसकेको छ ।
तीमध्ये अधिकांश न्यु साउद वेल्सका बासिन्दा रहेका छन् ।