तस्वीर- रोयटर्स

अन्तर्राष्ट्रिय

मलेसियामा अल्पसङ्ख्यकमाथि दमन बढेको भन्दै मानव अधिकारवादीको चिन्ता

By खबरहब

July 05, 2022

काठमाडौँ– मलेसियामा अल्पसङ्ख्यकमाथि दमन र साम्प्रदायिकता बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा शिया, अहमदियालगायत साम्प्रदायिक अल्पसङ्ख्यकहरुमाथि दमन बढ्न थालेको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका हन् ।

मलेसियन मानवअधिकावादी अभियन्ता मोहद फैजल मुसाले आफ्नो मुलुकमा अल्पसङ्ख्यकमाथि दमन बढेको बताएका हुन् ।

कतारी टेलिभिजन च्यानल अल जजीराका अनुसार बहुसङ्ख्यक शिया मुलुक इरान र बहुसङ्ख्यक सुन्नी अरब मुलुकहरुबीच तनाव बढ्दै जाँदा त्यसको प्रभाव मलेसियन समाजमा पनि देखा परेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार मलेसियामा केही शिक्षकहरुले समेत अल्पसङ्ख्यक सम्प्रदायका विद्यार्थीलाई पढाउन अस्वीकार गर्दै आएका छन् ।

मानव अधिकारवादी मोहदले मलेसिया सरकारले नै साम्प्रदायिकतालाई प्रोत्साहन गरेको आरोप लगाएका छन् ।