ब्रेकिङ स्टोरी

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँडबारे छलफल हुने

By खबरहब

August 05, 2022

काठमाडौँ – पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ ।

मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय सरकारले गरेको भोलिपल्ट गठबन्धनको बैठक बस्न लागेको हो।

बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् ।

बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल हुनेछ ।

गत स्थानीय तहमा पनि सत्ता गठबन्धनका दलहरुले तालमेल गरेका थिए ।