राजनीति

बाढी पीडितलाई परराष्ट्रमन्त्री खड्काको आश्वासन -‘सरकारले राहतसहित उचित व्यवस्थापन गर्छ’

By खबरहब

August 05, 2022

उदयपुर – परराष्ट्रमन्त्री डा. नारायण खड्काले सप्तकोशी नदीमा आएको बाढी पीडितका लागि सरकारले राहत र उचित व्यवस्थापन गर्ने बताए ।

बिहीबार सप्तकोशी नदी पुरानै धारमा फर्किएर डुबानमा परेका उदयपुरका विभिन्न स्थान र कोशी कटान क्षेत्रको निरीक्षण गर्दै मन्त्री खड्काले बाढी पीडितका लागि सरकारले उचित प्रबन्ध गर्ने बताएका हुन् ।

उनले बाढीका कारण हजारौँ विस्थापित हुनु परेको र अब नदीको बहाव कम भएपछि बाँध बाँध्ने काम सुरु हुने बताए ।

कोशीको कटानले उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकाको सिसौली, श्रीलंका टापु जलमग्न हुँदा २० हजार भन्दा बढी सर्वसाधारण विस्थापित भएका छन् ।