फाइल फोटो

समाचार

सप्तकोसी पीडितलाई प्रदेश सरकारले पठायो राहत

By खबरहब

August 05, 2022

सुनसरी – अविरल वर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सप्तकोसी पीडितलाई राहत सामग्री पठाएको हो।

सप्तकोसी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित स्थानमा सारिसकिएको छ।

मन्त्रालयले पीडितका लागि खाद्यान्नलगायत राहत सामग्री पठाइएको मन्त्री केदार कार्कीले जानकारी दिए ।