देश/प्रदेश

बढ्दै कोरोना संक्रमण, एकैदिन थपिए ९१२ जना संक्रमित

By खबरहब

August 05, 2022

काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । २ हजार ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३७० जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण १ जनाको मृत्‍यु भएको छ ।हालस्म्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७० जनाको मृत्यु भएको छ ।

हाल नेपालमा ५ हजार ७ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।