तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

सैनिकले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षा नै जोखिममा पर्ने

By खबरहब

August 05, 2022

काठमाडौँ– अमेरिकी सैनिकहरुले चिनियाँ भिडियो शेयरिङ एप टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको छ ।

अमेरिकी संघीय सञ्चार नियामकलाई उद्धृत गर्दै ब्लूमबर्गले जनाएअनुसार सैनिकहरुले टिकटक प्रयोग गर्दा राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने पाइएको हो ।

अमेरिकी सेनाका केही शाखाहरुले यसअघि नै टिकटकको प्रयोगमाथि प्रतिबन्ध लगाइसकेका छन् । यद्यपि व्यक्तिगत डिभाइसबाट टिकटकको प्रयोगले यस्तो जोखिम पाइएको संघीय सञ्चार आयोगका रिपब्लिकन सदस्य ब्रेन्डन कारले जनाएका छन् ।

‘व्यक्तिगत डिभाइसबाट प्रयोग भइरहेका छन् त्यसैले मलाई लाग्छ यो हामीले सम्बोधन गर्नुपर्ने चुनौति हो ।’ कारले भने ।

‘चीनतर्फ डेटाहरु गइरहेको प्रति हामी चिन्तित छौँ ।’ उनले भने, ‘टिकटकको कुरा गर्दा डिभाइस तपाईको खल्तीमा हुन्छ । यो सैनिक पूर्वाधारभित्रै पनि लगिन्छ । यसले लोकसेन डाटा देखाउँछ, यसबाट सैनिक गतिविधिबारे मानिसहरुलाई सूचना दिनसक्छ ।’