अन्तर्राष्ट्रिय

दक्षिण कोरियाको एक अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु

By खबरहब

August 05, 2022

काठमाडौँ– दक्षिण कोरियामा एक अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना विरामी र एक जना नर्स रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

घटनामा परी अरु ४४ जना घाइते भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालमा आगलागी भएको बेलामा ३३ विरामी र १३ स्वास्थ्यकर्मी रहेका थिए ।

चार तले भवनको सबैभन्दा माथिल्लो तलमा स्थानीय समय अनुसार शुक्रबार विहान १०:१७ मा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगलागी भएपछि आगो नियन्त्रण गर्न ३८ अग्नि नियन्त्रक ट्रक र १०८ जना उद्धारकर्ता परिचालन गरिएको थियो । तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।