फाइल फोटो

समाचार

आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला

By खबरहब

September 05, 2022

उदयपुर – सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।

उदयपुरको बेलका नगरपालिका-८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।

जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु वन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टममा पुगेका थिए ।

उनले भने, ‘त्यही क्षेत्रमा घुमी रहने जंगली हात्ती केही दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको थियो । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धान अघि बढाएका छौँ । मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआईकन भन्न सकिँदैन’ उनले भने  ।