आर्थिक

खप्तड लघुवित्तको आइपीओ बाँडफाँट

By खबरहब

September 05, 2022

काठमाडौँ- खप्तड लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । सोमबार बिहान भएको गोला प्रथामार्फत कुल १२ हजार ३४० जना सर्वसाधारण लगानीकर्ताहरूले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा रीतपूर्वक आवेदन दिएका कुल १७ लाख ८३ हजार ७४ जनालाई गोला प्रथामा समावेश गराइएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ ।

खप्तडले ८ बाट १२ भदौसम्म कुल एक करोड ३२ लाख रुपैयाँ बराबरको एक लाख ३२ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । योमध्ये ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोष र दुई हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्टाइएको थियो । बाँकी एक लाख २३ हजार चार सय कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।