फाइल तस्वीर

क्रिकेट

तेस्रो एक दिवसीय क्रिकेटमा केन्याद्वारा नेपालसामु २५६ रनको चुनौती प्रस्तुत

By खबरहब

September 05, 2022

काठमाडौँ- तेस्रो एक दिवसीय क्रिकेटमा केन्याले नेपाललाई २५६ रनको चुनौती दिएको छ ।

केन्याको राजधानी नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको केन्याले ५० ओभरको समाप्तिमा ९ विकेट गुमाएर २५५ रन जोडेको हो । अबको केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्नेछ ।

यसअघिका दुई खेल नेपालले जितिसकेको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।