फाइल फोटो

मुख्य समाचार

प्रहरी हिरासतमा रहेका सुरक्षागार्ड गुरुङलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

By खबरहब

September 05, 2022

काठमाडौँ- पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा हिरासतमा पुगेका भिएसएफका सुरक्षागार्ड शेरजंग गुरुङलाई हिरासतमुक्त गर्न गृहमन्त्रीले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई प्रक्रिया पुर्‍याएर गुरुङलाई रिहा गर्न निर्देशन दिएको गृहमन्त्रीका प्रेस संयोजक मधुसुदन भट्टराईले बताए ।

क्यानडाको भिसा प्रोसेसिङका लागि हिजो ठमेलस्थित छायाँसेन्टरमा पुगेका मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न भन्दा उल्टै उनीमाथि दुर्व्यवहारको आरोप लागेको थियो ।