समाचार

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम आयोजना

By खबरहब

September 05, 2022

अर्घाखाँची– कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामती सेवा दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो । 

सन्धिखर्क-१ मा रहेको केन्द्रको कार्यालय अगाडि गरिएको रक्तदानमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो । केन्द्रले दिवसको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, चेस प्रतियोगिता लगायतका खेलहरू सञ्चालन गरिरहेको छ ।