फाइल तस्वीर- पीटीआई

अन्तर्राष्ट्रिय

बिहार डुङ्गा डुब्दा दश जना बेपत्ता

By खबरहब

September 05, 2022

काठमाडौँ- नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा डुङ्गा डुबेको छ । डुङ्गा डुब्दा दश जना बेपत्ता भएका छन् भने ४० जना पौडेर सुरक्षित स्थानमा पुग्न सफल भएका सरकारी अधिकारीले बताएका छन् ।

हराइरहेकाहरूको उद्धार तथा खोजमा राज्यको प्रकोप व्यवस्थापन कार्यालयका अधिकारी क्रियाशील रहेका पटनास्थित जिल्ला मजिस्ट्रेट कार्यालयले जनाएको छ ।

दुर्घटनाग्रस्त डुङ्गामा पटनाको दाउदपुर क्षेत्रका श्रमिक सवार थिए । उनीहरू कामबाट फर्केका थिए । राष्ट्रिय प्रकोप उद्धार बलका गोताखोर पनि खोजीमा परिचालन भएका छन् ।

भारतका ग्रामीण क्षेत्रमा परम्परागतरूपमा निर्माण गरिएका डुङ्गा यातायातका प्रमुख साधन हुन् । विशेष गरी वर्षायाममा भारतमा डुङ्गा दुर्घटना हुने गरेका छन् ।