राजनीति

भक्तपुर-२ मा एमालेद्वारा प्रतिनिधिसभाका लागि महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस

By खबरहब

September 05, 2022

काठमाडौँ- आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतलाई आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस गरिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिए ।

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि आज बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मतरूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरुले जानकारी दिए ।

नेता बस्नेतले द्द०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।