ब्रेकिङ स्टोरी

शितल निवासमा दशैं (तस्वीरहरु हेर्नुहोस्)

By खबरहब

October 05, 2022

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट ​बडादशैंको टीका लगाएकी छन्।

शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ :५१ बजे टीका लगाएकी उनले त्यसपछि आफ परिवारका सदस्यलाई टीका लगाइदिएकी छन्।

बडादशैं २०७९ को अवसरमा उनले दिउँसो २ बजेदेखि ३ बजेसम्म व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रि गण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई टिका लगाइदिएकी छन्।

दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधरणलाई टीका लगाइदिने कार्यक्रम छ।