ब्रेकिङ स्टोरी

प्रचण्डको दशैँ : आफ्नो निधार खाली, छोरी, बुहारी र नातिनालाई लगाइदिए टीका

By खबरहब

October 05, 2022

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैँको टिका लगाएका छैनन्।

खुमलटारस्थित प्रचण्ड निवासमा उनले छोरी, बुहारी र नाति नातिनाहरुलाई विजया दशमीको टीका लगाइए पनि आफूले नलगाएका हुन् ।

छोरी गंगा दाहालले सार्वजनिक गरेको तस्वीरमा प्रचण्डको निधारमा टीका छैन । प्रचण्डपत्नी सीता दाहाल बिरामी भएका कारण तस्वीरमा देखिएकी छैनन् ।