फाइल फोटो

राजनीति

भ्रातृशोकका कारण लगाएनन् प्रधानमन्त्री देउवाले टीका

By खबरहब

October 05, 2022

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् ।

भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन ।

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाएका हुन् ।