फाइल फोटो

राजनीति

देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने

By खबरहब

November 05, 2022

काठमाडौँ – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज पनि दुई वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

चुनाव प्रचारका लागि गृह जिल्ला डडेल्धुरामा रहेका देउवाले बिहान साढे ११ बजे अजयमेरु गाउँपालिका भद्रपुरमा र दिउँसो साढे २ बजे भागेश्वार गाउँपालिका रुपालमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

१७ कात्तिकदेखि गृहजिल्लामा रहेका देउवाले हिजो नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेका थिए।

देउवाले भोलि आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा हुने सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ।