फाइल तस्वीर

राजनीति

निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षण अनुमति

By खबरहब

November 05, 2022

काठमाडौँ– मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई  निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनै पनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिए । 

उनले देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताए ।

यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्रले सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिए । 

कार्यकारी  निर्देशक गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख  गर्दै यसपटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउने बताए ।