फाइल फोटो

राजनीति

मेरो जीवन जनताकै सेवामा हुनेछ : ईश्वर पोखरल

By खबरहब

November 05, 2022

काठमाडौँ – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले आफ्नो जीवन जनताको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका नेता पोखरलेले जनताको घरदैलोमा पुगेर भने, ‘म विजयी भएर आएपछि बाँकी रहेका विकास निर्माणका काम पूरा गर्नेछ, मलाई विजयी गराउनुस्, मेरो पूरै जीवन तपाईँहरूको सेवामै हाजिर छ ।’

उपाध्यक्ष पोखरेलले आफूले विगतमा पनि विकास निर्माण र जनताको दुःखमा साथ दिएको हुँदा आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे । घरदैलोका क्रममा स्थानीयवासीले सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा र स्वास्थ क्षेत्रमा विगतमा जस्तै ध्यान दिन आग्रह गरेका छन् भने जितका लागि शुभकामनासमेत दिएका छन् ।