ब्रेकिङ स्टोरी

चुनाव पछि सत्ता गठबन्धनको पहिलो बैठक बस्दै

By खबरहब

December 05, 2022

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि सत्ता गठबन्धनको बैठक पहिलो पटक आज बस्दै छ ।

चुनाव परिणामको समीक्षा र नयाँ सरकार गठनको सम्भावनाबारे छलफल गर्न आज दिउँसो बालुवाटारमा गठबन्धनको बैठक बस्ने भएको हो।

आइतबार नेकपा माओवादी केन्द्रको पदाधिकारीको बैठकपछि महासचिव देवप्रसाद गुरुङले गठबन्धनको बैठक बोलाइएको जानकारी दिएका थिए।

हालै भएको निर्वाचनबाट गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५७ र माओवादी केन्द्रले १७ सिट जितेको छ। दोलखाको अन्तिम परिणाम आउन बाँकी छ।

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेका गठबन्धनका अरु दल एकीकृत समाजवादीले १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार र राष्ट्रिय जनमोर्चाले एक सिट जितेको छ।