ब्रेकिङ स्टोरी

दोलखामा माओवादीका कार्की फेरि अगाडि लागे, १,१९५ मतान्तर

By खबरहब

December 05, 2022

काठमाडौँ – प्रतिनिधिसभातर्फ दोलखाको मतगणना रोचक बन्दै गएको छ ।

लामाबगर र भुषाफेदाको मतगणना सकिँदा माओवादी केन्द्रका गंगा कार्कीले फेरि अग्रता लिएका छन्।

पछिल्लो परिणामअनुसार  कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् । अघिल्लो नतिजामा अगाडि रहेका नेकपा एमालेका बालकृष्ण सिवाकोटी अहिले पछि परेका छन् ।

भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत आउँदा सिवाकोटीले ३९६ मत पाएका थिए । लामाबगरबाट कार्कीले २७५ र सिवाकोटीले २६० मत पाए। यससँगै कार्कीले ३५ हजार ७९० मत पाउँदा सिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् ।

अहिले शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना भइरहेको छ ।