ब्रेकिङ स्टोरी

२,२०७ मत गन्न बाँकी हुँदा कार्की ४८६ मतान्तरले अगाडि

By खबरहब

December 05, 2022

काठमाडौँ- प्रतिनिधिसभा सदस्यका लागि दोलखामा अब २ हजार २०७ मत गन्न बाँकी रहेको छ।

कूल खसेको ८५ हजार तीन सय ८८ मतमध्ये बिहान ९ बजेसम्म ८३ हजार १८१ मत गणना भइसकेको छ।

लामाबगर र भुषाफेदाको मतगणना सकिँदा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले फेरि अग्रता लिएका छन्।

जारी मतगणनामा उनले ३६ हजार २९१ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३५ हजार ८०५ मत पा एका छन्। उनीहरुबीच ४८६ मतान्तर छ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित भइसकेका छन् ।

कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।