ब्रेकिङ स्टोरी

दोलखामा कार्की-सिवाकोटी मतान्तर ३१७ मा झर्‍यो

By खबरहब

December 05, 2022

दोलखा – प्रतिनिधि सभा सदस्यतर्फ दोलखाको मतगणना निकै रोचक बनेको छ।

कूल खसेको ८५ हजार तीन सय ८८ मतमध्ये हालसम्म ८४ हजार ४४८ मतगणना भइसकेको छ।

९४० मत मात्रै गन्न बाँकी हुँदा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३६ हजार ७९९ र नेकपा एमालेका बालकृष्ण सिवाकोटी ३६ हजार ४८२ मत पाएका छन्। उनीहरुबीचको मतान्तर ३१७ छ।

हिजो बिहान शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए। आज बिहान फेरि एमालेका सिवाकोटीले अग्रता लिएका थिए। तर, फेरि अहिले माओवादीका कार्कीले अग्रता लिएका छन्।

प्रदेशसभा-२ मा नेकपा एमालेका भरत केसी र १ मा कांग्रेसका कुन्दनराज काफ्लेले विजयी भइसकेका छन्।