फाइल तस्वीर

समाचार

महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते

By खबरहब

December 05, 2022

काठमाडौं – महोत्तरीमा एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। जिल्लाको मनराशिस्वा नगरपालिका – ३ मा आइतबार राति एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते भएका प्रहरीले जनाएको छ।

जनकपुरबाट पर्सातर्फ जाँदै गरेको अस्थायी नम्बर प्लेटको एम्बुलेन्स पल्टिएको थियो। हाल घाइतेहरूको जानकी एकेडेमी अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये महोत्तरीकै रामगोपालपुर ९ की २४ वर्षीया विनीता देवीको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ।