फाइल तस्वीर

देश/प्रदेश

पश्चिम नवलपरासीमा धान उत्पादन बढ्यो

By खबरहब

December 05, 2022

काठमाडौँ- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ४५  प्रतिशतले धान उत्पादन बढेको छ ।

कृषि ज्ञान केन्द्र परासीका अनुसार गत वर्षको तुलनामा यस वर्ष धानको उत्पादन करिब २८ हजार नौ सय ७३ मेट्रिक टनले बढेको हो ।

यस वर्ष २० हजार ५ सय हेक्टरमा धानखेती गरिएकोमा ९३ हजार दुई सय ७५ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि परिचित मानिन्छ । यहाँ हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ ।

धान उत्पादन बढाउन आधुनिक उपकरणमा अनुदान दिने, गुणस्तरीय बीउ वितरण गर्ने गरेकाले धान उत्पादन बढेको केन्द्रले उल्लेख गरेको छ ।