खेलकुद

जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा

By खबरहब

December 05, 2022

काठमाडौँ – कतारमा जारी विश्वकप अन्तर्गत जापान र क्रोएसियाबीचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको छ। यससँगै खेल अतिरिक्त समयमा धकेलिएको छ।

खेलको ४३ औं मिनेटमा जापानका डाइजेन माइडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। भने दोस्रो हाफको ५६ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले बराबरी गोल फर्काएका थिए । खेलमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो।

अतिरिक्त समयमा पनि गोल हुन नसके पेनाल्टी सुटआउटमार्फत विजेताको छिनोफानो हुने छ ।