फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा ह्वात्तै बढ्यो कोरोना, एकै दिन ८७ हजार थपिए

By खबरहब

January 06, 2022

काठमाडौँ –भारतमा कोरोना संक्रमण दर उकालो लागेको छ ।

ओल्डोमिटरको विवरणअनुसार यूरोपमा कोरोना संक्रमण दर हालसम्मकै उच्च बिन्दूमा पुगेसँगै भारतमा हाल संक्रमणदर बढेको पाइएको हो।

दैनिक दश हजारको हाराहारीमा थपिने गरेका संक्रमितको ग्राफ अहिले बढेर एक लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ८७ हजार २२२ जना संक्रमित थपिएका छन् । यही अवधिमा २० हजार ४५२ जना निको भएका छन् भने ६० जना संक्रमितको मृत्यु भएको छ ।

अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ ।