अन्तर्राष्ट्रिय

जम्मु काश्मीरका युवा उद्यमीले बनाएको ‘फूड एप’ प्रभावकारी

By खबरहब

January 06, 2022

श्रीनगर – स्नातक तहमा अध्ययनरत जम्मू र कश्मीरका दुई युवा उद्यमीहरूले एक मोबाइल एपको विकास गरेका छन्।

डिटू नाम दिइएको यस एपले मानिसहरूलाई भोजनालयहरूमा खाना खाने वा अर्डर गर्नको लागि आफ्नो टेबलहरू सुरक्षित गर्न र घरमै खाना मगाउन सहज हुने भएको छ।

युवा उद्यमी उमर अहमद र उनका इन्जिनियर साथी नजमु साकिबले बनाएको ‘डिटू’ एप अहिले प्ले स्टोरमा उपलब्ध छ। एएनआईसँग कुरा गर्दै उमरले भने, ‘डिटू एउटा खाना अर्डर गर्ने एप हो, जसले प्रिअर्डर गर्न, प्रिपे गर्न र आफ्नो मनपर्ने रेस्टुरेन्टहरूमा टेबुल बुक गर्न अनुमति दिन्छ। यो एप टेकअवे अर्डर र रेस्टुरेन्ट बुकिङको उत्कृष्ट संयोजन हो।’

कश्मीर उपत्यकाका केही रेस्टुरेन्ट ‘डिटू’मा दर्ता भएका छन्। मानिसहरूले आफ्नो लोकेसन राखेमा एपले नजिकको रेस्टुरेन्टहरू देखाउनेछ। आफूले चाहेको रेस्टुरेन्टमा आफूले चाहेको खानेकुरा छनोट गरेपछि ‘टेक अवे’र ‘डाइन इन’को सुविधा छ। मानिसहरूले आफ्नो सुविधा अनुसार खाना लिने समय छनोट गर्न सक्छन्’, युवा उद्यमीले थपे।

‘एक महिनामा हामीले २३० भन्दा बढी अर्डर पाएका छौं। केही रेस्टुरेन्टहरू एपसँग खुसी छन्’, चार महिनाभित्र मोबाइल एप डिजाइन गरेका नजमुल साक्युबले थपे।

रेस्टुरेन्ट सञ्चालक हादी भाटले काम गर्ने पेशाकर्मीका लागि यो एप साँच्चै उपयोगी भएको बताए। ‘खानाको समय अगाडी, तिनीहरू खाना अर्डर गर्छन् र यो खान वा लैजानको लागि समयमै तयार हुन्छन्। यसरी उनीहरूको समय बचत हुन्छ।’ उनले भने।