आर्थिक

एनएमबी बैंकले १२.५० प्रतिशत बोनस शेयर दिने

By खबरहब

January 06, 2022

काठमाडौँ– एनएमबी बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा विहीबार २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौँस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा साधारण सभा भएको थियो। ,

एनएमबी बैंकको सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्नभएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए।

उक्तवार्षिक साधारण सभाद्वारा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्तापूँजी रु. १८ अर्व ३६ करोड पुग्ने छ । बैंकको २०७८ असारसम्ममा खुदनाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

बैंकले २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’प्राप्त गरेको छ । बैंकले हाल २०१ वटा शाखा, १३८ एटीएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।