फाइल तस्वीर ।

राजनीति

नैतिक आधारमा पार्टीबाट अलग हुन सक्छु तर राप्रपा फुटाउँदिन : कमल थापा

By खबरहब

January 06, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले आफूले पार्टी नफुटाउने दाबी गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत थापाले विचार नमिले पार्टीबाट कुनै दिन नैतिक आधारमा अलग हुन सक्ने भए पनि राप्रपा कदापी नफुटाउने दाबी गरेका छन् ।

आफू निरंशुक र सक्रिय राजतन्त्रको पक्षमा नभएको भन्द उनले राप्रपाको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपबाट राजा निष्पक्ष अभिभावक र राजनीतिक भन्दा भाथी बस्न नचाहेको स्पष्ट संकेत मिलेको बताएका छन् ।

विगतमा आफूले राजसंस्थाको एजेण्ड बोक्दा प्रतिगामी, पुनरोत्थानवादी र सिनो बोकेर हिँडेको भन्दै गाली गर्नेहरुले नै अहिले आफूले राजा राजनीति भन्दा माथि रहनुपर्छ भन्दा आफ्नो खेदो खनिरहेको आरोप थापाको छ ।