ओमिक्रोन अर्थात् कोभिड-१९ को नयाँ रुप फैलिने दर बढेसँगै नेपालमा पनि संक्रमितको संख्या झन्डै पचास हजारमाथि पुगिसकेको छ।
यसबाट मानिस प्रभावित भए पनि त्यस्तो जटिल खालको समस्या देखिएको छैन। यसभन्दा अघि पहिलो र दोश्रो लहरमा जस्तै सक्रिय संक्रमितको अनुपातमा अस्पातलमा बिरामी चाप छैन।
अस्पातलमा कोभिड–१९ संक्रमित बिरामीको संख्या नबढे पनि नागरिकमा अझै कतै फेरि पनि लकडाउन हुन्छ कि भन्ने त्रास छ। कतै फेरि पनि तेश्रो लहरको फैलने दर काम गर्न (चेनब्रेक) को लागि लकडाउन भनेर सरकारले नागरिकलाई घर भित्रै बस्न बाध्य पार्छ कि भन्ने डर सामान्य नागरिकमा देखिन्छ।
यो विषयमा सरकारको तयारी प्रयाप्त भएको देखिँदैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यतिबेला ठूलो मात्रामा स्वास्थ्यकर्मी तथा चिकित्सक परिचालन गर्नुपर्ने हो। जसरी अहिले संक्रमण दर उच्च रुपमा फैलिएको छ। त्यसको अनुपातमा अहिले पनि प्रयाप्त जनशक्ति परिचालन भएको छैन।
सरकारले अब पीसीआर तथा आरडीटीमा समय र लगानी धेरै गर्नु पर्ने देखिँदैन भन्ने कुराको पुष्टि अहिलेको बढ्दो संक्रमणले देखाएको छ।
संक्रमणको लक्षण देखिएका बिरामी अस्पातल पुग्नेको संख्या बढेको छैन। अस्पातलमा पनि आईसीयू र भेन्टिलेटरमा पनि न्यून मात्रामा नै बिरामीको चाप देखिन्छ।
अब आम नागरिक पनि पीसीआर जाँचबाट नेगेटिभ छ वा छैन भन्दा पनि अब कसरी यो महामारीसँग जुधेर सामान्य रूपमा फर्किने भन्ने तर्फ उन्मुख हुनुपर्दछ।
महामारीको फैलने दरलाई कम गर्न सरकारको तयारी भनेको खाली जाँचको दायरा बढाउनु र पोजिटिभ संख्या दिन प्रतिदिन बढेको सूचना सम्प्रेषण गर्नु नै मुख्य उपलब्धि जस्तो देखिएको छ। महामारी बढ्दा सामान्य अवस्थामा सेवा दिइरहेको स्वास्थ्य संस्थाले नै अहिले पनि सेवा दिइरहेको कारण सम्बन्धित निकायले बेलैमा ध्यान नदिँदा धेरै स्वास्थ्य संस्थामा सेवा नै अवरुद्द भएको छ।
स्वास्थ्य सेवाको संरचनामा स्वास्थ्यकर्मी थप गर्नुपर्छ भन्नेतर्फ ध्यान नगई अहिलेको अवस्थामा जे जती देखिन्छ र स्वास्थ्य कर्मीबाट नै सेवा दिइरहेको छ।
यस्तो अवस्थामा बरोजगार स्वास्थ्यकर्मीले घरमा बस्ने होइन कि प्रत्यक्षय रूपमा फिल्डमा खटिएर सेवा गर्ने मौका दिनुपर्ने थियो। तर त्यस्तो मौका राज्यबाट पाएको महसुस हुन सकेको छैन। अर्कोतर्फ बढ्दो कोरोना संक्रमण राज्यले जाँचको दायरा बढाएर संक्रमितको संख्या बढी देखाएर यसमा प्रगति ठुलो भएको भन्दा पनि अब जाँच भन्दा पनि लक्षणको आधारमा सेल्फ आइसोलेसन आँफै सावधानी अपनाउने तर्फ नागरिक लाग्नको लागि प्रेरित गर्नुपर्ने देखिन्छ।
अहिलेको धेरै मनिसमा ओमिक्रोन फैलिएको बेला धेरै जाँच गर्नुभन्दा आवशयकता अनुसार मात्रा पीसीआर अथवा आरसीटी जाँच गर्ने अनी बाँकी सबै लक्षणको आधारमा ५ दिन आइसोलेसनमा बस्दा उपयुक्त हुन्छ भन्ने विज्ञको भनाइ छ।
डेंगु र ओमिक्रोन जसरी २०७४ सालमा डेंगु रोगको महामारीमा पनि सुरुको लक्षण ज्वरोको प्रोफाइल जाँच गरिएको थियो। विस्तारै त्यसले उच्च महामारीको रुप लिएपछि कतिपय ठाउँमा त जाँच गर्ने किटको समेत अभाव देखिएको थियो। त्यसपछि विज्ञ चिकित्सकले लक्षणको आधारमा डेंगुको उपचार सुरु गरिएको थियो।
त्यसैगरी अहिलेको महामारीमा पनि अब धेरै मात्रामा पीसीआर तथा आरडीटीको दायरा बढाउनु भन्दा पनि आवश्यकता अनुसार जाँच गर्ने र बाँकी लक्षण अनुसार स्वास्थ्य गाइडलाइन अनुसार आइसोलेसन बसेर काममा फर्किने र अनावश्यक भीडभाड काम गर्ने हो भने लकडाउन गर्नुपर्ने अवस्था आउनेछैन।
अहिले अधिकांश मानिसका कार्यालय समकक्षी अथवा घरमा लगभग सबै सदस्यमा संक्रमणको लक्षण देखिएकोले परीक्षण भन्दा पनि ती संक्रमितमध्ये कसैलाई जटिलता सिर्जना हुनसक्ने भएकोले अस्पतालमा गुणस्तरीय उपचारको व्यवस्था गर्नु राम्रो हुनेछ।
अहिले संक्रमित घरघरमा भएकोले सबैको सहज पुग्ने गरेर परामर्शको व्यवस्था गर्दा राम्रो हुनेछ। कल सेन्टर, सामाजिक सञ्जाल, विभिन्न विद्युतीय मध्यममा सहज पहुँच हुने गरी थप गरेर द्रुत गतिमा समस्या सुन्ने र समधान गर्ने उपायहरु गर्नु पर्दछ।
यो सँगसँगै खोप सम्बन्धी आवश्यक जानकारी लिने र दिने गर्दा नागरिक लाभान्वित र प्रभावकारी पनि हुनेछन्। यसबाट खोप सम्बन्धित मिथ्यलाई पनि कम गर्न मदत गर्नेछ।
हाल विशेषत ज्येष्ठ नागरिक प्रभावित हुने र अस्पताल भर्ना भएको देखिएकोले उनीहरुसम्म पुग्न फरक उपाय अपनाउनु पर्ने हुनसक्दछ।