आर्थिक

यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर

By खबरहब

February 06, 2022

काठमाडौं– नेपाल राष्ट्र बैंकले आइबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा तोकिएको छ ।

यस्तै यूरोपियन यूरो १ को खरिद दर १३६ रुपैयाँ ७३ हजार र बिक्री दर १३७ रुपैयाँ ४२ पैसा, यूके पाउण्ड स्टर्लिङ् १ को खरिद दर १६१ रुपैयाँ ५८ पैसा र बिक्री दर १६२ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

यसैगरी साउदी अरेबियन रियल १ को खरिद दर ३१ रुपैयाँ ७८ पैसा र बिक्री दर ३१ रुपैयाँ ९४ पैसा, कतारी रियल १ को खरिद दर ३२ रुपैयाँ ७४ पैसा र बिक्री दर ३२ रुपैयाँ ९१ पैसा र यूएई दिराम १ को खरिद दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।