फाइल फोटो

समाचार

त्रिभुवन राजपथ सञ्चालनमा

By खबरहब

February 06, 2022

मकवानपुर – हिमपातका कारण दुई दिनदेखि अवरुद्ध त्रिभुवन राजपथ आज बिहानैबाट सञ्चालनमा आएको छ।

थाहा नगरपालिकाको दामन, सिम्भञ्ज्याङ तथा अघोर क्षेत्रमा सडक ढाक्ने गरी डेड फिटसम्म हिउँ परेपछि शुक्रबार र शनिबार राजमार्ग अवरुद्ध बनेको थियो।

जेसिबी प्रयोग गरी सडकमा जमेको हिउँ हटाइ सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। सडक सञ्चालन भएसँगै काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने सवारी पुन: सञ्चालनमा आएका छन्।