आर्थिक

सुन र चाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

February 06, 2022

काठमाडौँ – साताको पहिलो दिन नेपाली बजारमा सुनको भाउ स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार पाँच सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९२ हजार निर्धारण भएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।