सांकेतिक तस्बिर

समाचार

बाजुरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

By खबरहब

February 06, 2022

काठमाडौँ – साँफे–मार्तडी सडकखण्ड अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिका–६ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार अछामको साँफेबगर घर भएका ३८ वर्षीय बल सुनार रहेका छन् । उपचारको क्रममा अछाम स्थित बयलपाटा अस्पतालमा उनको शनिबार राति पौने २ बजे मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका बाजुराकै त्रिवेणी नगरपालिका–४ का ३६ वर्षीय गगन साउँदको सोही अस्पतालमा उपचार भइरहेको छ ।

फालासैनबाट बाक्कातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८प ४०५० नम्बरको मोटरसाइकल गए राति पौने १२ बजे दुर्घटना भएको प्रहरी चौकी बार्जुगाडले जनाएको छ । मोटरसाइकल चालक को हुन् भन्ने खुल्न बाँकी रहेको छ ।