देश/प्रदेश

नेकपा एसका नागेन्द्र राय बने राज्यमन्त्री

By खबरहब

February 06, 2022

जनकपुरधाम – मधेश प्रदेश सरकारले एक जना राज्यमन्त्री थप गरेको छ ।

आज (आइतबार) बिहान एकीकृत समाजवादीका सांसद नागेन्द्र राय यादवलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको शपथ गराइएको छ ।

प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा मुख्यमन्त्री लालबाबु राउतले यादवलाई राज्य मन्त्रीको शपथ गराएका हुन् ।

नेकपा एसबाट ५ मंसिरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो र प्रमोद कुमार यादव कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका थिए।

योसँगै मधेस प्रदेशको मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ ।