समाचार

चौदण्डीगढीमा १५ सैय्याको नगर अस्पताल बन्ने

By खबरहब

February 06, 2022

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल निर्माण हुने भएको छ । चौदण्डीगढी नगरपालिका– ७ स्थित साकेला चोकमा अत्याधुनिक सुबिधासम्पन्न नगर अस्पताल भवनको परराष्ट्रमन्त्री डा. नारायण खड्काले शनिबार शिलान्यास गरेका हुन् ।

चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा करिब पाँच कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको हो । यो अस्पताल साँढे तीन तले १५ सैय्याको हुनेछ । करिब १२ करोड ४३ लाख ७७ हजार पाँच सय ४२ रुपैयाँ ४७ पैसा भ्याटसहितको लागतमा निर्माण हुन लागेको हो । नगर अस्पताल भवन फरक क्षमता–मैत्री हुने इन्जिनियर सन्तोष राईले जानकारी दिए ।