समाचार

जुम्लामा हिउँमा फसेकाहरूलाई हेलिकोप्टरमार्फत् राहत

By खबरहब

February 06, 2022

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिका–८ मा हिउँमा फसेकालाई राहत पु¥याइएको छ । आइतबार हेलिकोप्टरबाट राहत पु¥याइएको हो ।

गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका सर्वसाधारण भारी हिमपातमा फसेपछि कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमार्फत् राहत वितरणको व्यवस्था मिलाएको छ ।

बिहीबारदेखि परेको हिमपातका कारण तातोपानी–८ का ३४ जना हिउँमा फसेका हुन् ।

सबै सकुशल रहेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताएकी छन् ।