मुख्य समाचार

पछिल्लो २४ घण्टामा नेपालमा थपिए १ हजार ३८६ संक्रमित, थप ११ को मृत्यु

By खबरहब

February 06, 2022

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २५१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ३८६ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घन्टामा ८ हजार ७०४ जना निको भएका छन् । र, सोही अवधिमा ११ जनाको निधन भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थपिएका सँगै देशभर ४५ हजार २४८ सक्रिय संक्रमित रहेका छन् ।