समाचार

संसदको अवरोध हटाउने विषयमा सभामुख र कानुनमन्त्रीबीच छलफल

By खबरहब

February 06, 2022

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटा र कानुन, न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुबीच छलफल भएको छ ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक सञ्चालन गर्न सभामुख सापकोटा र कानुनमन्त्री वडुबीच भेटवार्ता भएको हो ।

‘कानुनमन्त्री संसद सचिवालयमा आउनु भएको थियो, सभामुख र कानुनमन्त्रीका बीचमा अवरुद्ध संसद सुचारु गर्ने विषयमा छलफल केन्द्रित थियो,’ सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले भने, ‘संसदमा छलफलको वातावरण नभएको कुरा सभामुखले राख्दै त्यसका लागि वातावरण बनाउन सरकार र राजनीतिक दल दुवैले भूमिका खेल्नु प¥यो भन्ने सन्देश सरकारलाई पठाउनु भएको छ ।’ उनका अनुसार अवरुद्ध संसद खुलाउन सरकारले पहल गर्ने र सभामुखले पनि नियमसंगत संसद सञ्चालन गर्ने विषयमा दुवै पक्षका बीचमा सहमति भएको छ ।