मुख्य समाचार

जोरबिजोर प्रणाली हटाउन सरकारलाई सीसीएमसीको सिफारिस

By खबरहब

February 06, 2022

काठमाडौँ– कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली सोमबारबाट खारेज गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको आज बसेको बैठकले जोरबिजोर प्रणाली खारेज गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले भोलिबाट जोरबिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गरेको जानकारी दिइन् ।

त्यस्तै, बैठकले विश्वविद्यालय तथा अन्य शैक्षिक संस्था फागुन १ गतेबाट भौतिक उपस्थितिमा सञ्चालन गर्न पनि सिफारिस गरेको छ ।

त्यसैगरी, डान्सबार, दोहोरी, क्लब जस्ता रात्रिकालीन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालन गर्न दिन गृह र पर्यटन मन्त्रालयलाई सिफारिस गरिएको छ ।

सीसीएमसीले खोप कार्ड हराएकाहरूलाई खोप लगाउन सहज बनाउन पनि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।