समाचार

बढी भाडा लिने ट्याक्सी ड्राइभर कारबाहीमा

By खबरहब

February 06, 2022

काठमाडौँ– काठमाडौँ उपत्यकामा बढी भाडा लिने, मिटरमा जान नमान्नेजस्ता काम कार्य गरेका ३३ टयाक्सी ड्राइभर कारबाही परेका छन् ।

उपत्यका ट्राफिक कार्यालयका अनुसार सोमवार कारबाहीमा पर्ने टयाक्सी ड्राइभरहरूले यात्रुसँग बढी भाडा लिएको, मिटरमा जान नमानेको, ट्याक्सीको मिटर बिगारेकोसहित बिग्रेको मिटरसमेत समयमा मर्मत नगरेको पाइएकाले कारबाही गरिएको हो ।